नृत्य तथा गायन विधा सिक्न पोखरा नाँचघर

पोखरा, २७ असार/एलिजा फिल्मस् नेपालले पोखराको न्यूरोड स्थिति वास्तोलाथरमा पोखरा नाँचघर सञ्चालनमा ल्याएको छ । विभिन्न विधामा प्रशिक्षण दिने लक्ष्यका साथ उक्त नाचँघर सञ्चालमा ल्याएको एलिजा फिल्मस् नेपालका प्रवन्ध निर्देशक तथा पोखरा नाँचघरका अध्यक्ष जिवन सुनारले जानकारी दिए ।

नाँच घरमा डान्सका विभिन्न विधा, गितार, गायन, अभिनाय, ड्रामा सिकाईने उनले जानकारी दिए । यस अघि पोखराको वगरमा नटराजकला पाठशाला सञ्चाल गरेकोमा अहिले आएर पोखरा नाँचघर सञ्चालमा ल्याइएको उनले जानकारी दिए । एलिजा फिल्मस् नेपाले छिट्टै नै एलिजा डान्स एण्ड सिड्डिन स्टार २०७० समेत गर्ने भएको छ ।

हामीले सस्तो सुलभ तरिकाले डान्स लगाएत अभिनयका विभिन्न विधा सिकाउनले लक्ष्यका साथ पोखारा नाँच घर खोलेका हौ उनले भने– लुकेर रहेका प्रतिभाको मञ्च प्रदान गरि तिनिहरुको प्रतिभा प्रष्फुटन समेत गर्दै जाने छौ ।

कमेन्टहरु
Loading...