पोखरा विश्वविद्यालयको डीनमा खड्का

पोखरा १४ असार/पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डीनमा प्राध्यापक हरि बहादुर खड्का नियुक्त हुनु भएको छ । आगामी ४ वर्षे कार्यकालका लागी खड्का डीनमा नियुक्त हुनु भएको हो । असार ९ गते बसेको पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय अनुशार उहाँलाई डीनमा नियुक्ती गरीएको हो ।

पोखरा विश्वविद्यलयको स्थापनाकाल देखीनै विश्वविद्यालयमा अध्यापन गराउँदै आउनुभएका प्राध्यापक खड्का यस अघि क्याम्पस प्रमुख, विश्वविद्यालय सभाको सदस्य, परिक्षा समिती सदस्य, योजना महाशाखा प्रमुख पदमा काम गरी सक्नु भएको छ ।

पोखरा लेखनाथ ३० खुदी ढुगेंपाटनमा मुख्य कार्यालय रहेको पोखरा विश्वविद्यालय अन्र्तगत ४ वटा आंगिक क्याम्पस र ५८ वटा सम्वन्धन प्राप्त कलेज रहेका छन् । व्यवस्थापन संकाय अन्तर्गत ४८ वटा कलेज रहेका छन् ।

कमेन्टहरु
Loading...