पोखरा, २७ असार/मोफसलमा रहेर कलाकारिता गर्न निकै गाह«ो छ–प्रायजसो काठमाण्डौ बाहिरका कलाकारहरुको भनाई यस्तै हुन्छ । मोफसलमा कलाकारिता गर्दाको पिडा स्वयं कलाकारलाई मात्र थाहा हुन्छ । र, अरुलाई यो विषयमा खासै वास्ता हुँदैन । तर अब मोफलसलमा बसेर कलाकारिता गर्दा एउटा कलाकारले कतिसम्मको पिडा पाउँदो रै’छ भन्ने कुरा फिल्माकंन हुने भएको छ । अब सबै दर्शकले कलाकारको पिडालाई पर्दामा देख्न पाउनेछन् ।
 यी सबै कुरालाई पर्दामा उतार्न पोखराका केहि युवाहरु लागिपरेका छन् । ‘मोफसल’ शिर्षक दिईएको फिल्मको बुधबार पोखरामा शुभमुर्हत समेत भयो । शुभमुर्हतमा पोखराका फिल्मकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । फिल्मलाई लामो समयदेखि कलाकारिता गर्दै आएका नायक दीपेन्द्र श्रेष्ठले निर्देशन गर्दैछन् । निर्देशनमा यो उनको डेब्यु फिल्म हो । यसअघि उनी म्युजिक भिडियो मोडलिङ र फिल्मी अभिनयबाट दर्शकको मन जितिसकेकका छन् ।

‘यो फिल्मलाई राम्रो बनाउने मेरो भरमग्दुर प्रयास हुनेछ ।’ शुभमुर्हतमा बोल्दै निर्देशक श्रेष्ठले भने–‘मोफसलमा रहेर कलाकारितामा संघर्ष गर्दा आफैले भोगेको पिडाहरु नै फिल्मको स्टोरी भएकोले यसको प्रस्तुतीमा न्याय गर्न सक्छु भन्ने मलाई विश्वास छ ।’ फिल्मको साउन महिनाभित्र छायाँकन सकिने श्रेष्ठले जानकारी दिए ।
फिल्मको थिम अनुसार नै यो फिल्ममा अधिकाशं कलाकारहरु मोफसलमा रहेर कलाकारितामा संघर्ष गर्नेहरु नै छन् । आशिष पुन, प्रेमा गुरुङ, दिपक थापा, भम्भिर रानामगर, रोशनी गुरुङ, भीम आरडी लगाएतका कलाकारहरुले यो फिल्ममा अभिनय गर्दैछन् । फिल्मलाई नायक आशिष पुन आफैले निर्माण गरेका हुन् । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको वजेट २५ लाख रुपैँया रहेको छ ।
फिल्ममा योगेश काजीले संगीत दिएका छन् भने मिलन शंकरले खिच्दैछन् । पोखरा, माछापुच्छ«े गाउँ र मुस्ताङमा फिल्म खिचिने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मलाई केहि महिनाभित्रै प्रदर्शनमा ल्याईने निर्देशकले जानकारी दिए ।