परोपकार जीवनको सार्थकता

पोखरा, २७ असार/विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय उपाध्यक्ष वेदनिधी शर्माले मानव जीवनको सार्थकता परोपकार भएको धारणा व्यक्त गरेका छन् । सनातन धर्म सेवा समिति कास्कीले बुधवार पोखरामा आयोजना गरेको आनन्द र आरोग्य प्राप्तिको रहस्य प्रवचन कार्यक्रममा उनले भने–‘परोपकारहीन जीवन मृत्यु समान हुन्छ ।’

कार्यक्रममा आनन्द मार्ग प्रचारक संघका केन्द्रिय सदस्य यज्ञप्रसाद बास्तोलाले मानवको सृष्टिनै आनन्दका लागि भएकाले आनन्द मानवको अग्राधिकार भएको बताए । समितिका आजीवन सदस्य रत्नदेवी बिजुक्छेको सामाजिक, धार्मिक योगदानको कदरस्वरुप सम्मान गरिएको थियो ।

धर्मराज लामिछानेद्धारा लिखित ‘मनकामना आरती र उनैका लागि’ पुस्तकको समाजसेवी रामप्रसाद तिमिल्सिना र पमदराज ढकालले विमोचन गरेका थिए । सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रबीन्द्र माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक धर्मराज लामिछाने, तिमिल्सिना, प्रेमराज लामिछाने सचिव रामचन्द्र पौडेल लगायतका बक्ताले धर्म र संस्कृतिको महत्वबारे प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...