बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन

पोखरा, ८ असार /पोखरा एक्सप्रेस पत्रिकाका संस्थापक प्रकाशक एबम प्रधान सम्पादक स्वर्गीय बालकृष्ण उग्रताराको स्मृतिमा उनको परिवार द्वारा स्थापित र सोहि पत्रिकाबाट संचालित बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार ०७४ को प्रतिभा छनोट समिति बिहीबार गठन गरिएको छ् ।

अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । .समितिका अन्य सदस्यहरुमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार रुद्रबहादुर थापा, सो पत्रिकाका प्रधान सम्पादक जमुना बर्षा शर्मा , उग्रताराका सुपुत्र ओमप्रकाश उपाध्याय रहेका छन्् । प्रदेश न ४ मा रहेर कम्तिमा १५ वर्ष पत्रकारिता गरेका पत्रकारलाई बर्से्नि साउन बिस गते सो पुरस्कार प्रदान गर्ने गरिन्छ् ।

पुरस्कारको अक्षय कोष रु दुइ लाख एक हजार एक सय एघार र राशि रु बिस हजार एक सय एघार ,सम्मान पत्र र दोशल्ला रहेको छ् । यस अघि उक्त पुरस्कार बाट पाल्पाका मेघराज शर्मा , पर्वतका भोलानाथ शर्मा , कास्कीका कुसुम केशब पराजुली ,नबराज सुबेदी ,नारायण कार्की , र रुद्र बहादुर थापा सम्मानित भैसकेको उक्त पत्रिकाका कार्यकारी निर्देशक रामजी प्रसाद लम्सालले जानकारी दिएका छन् ् ।

कमेन्टहरु
Loading...