सेती नदिको चोरसाँघुमा पुल निमार्ण, चाइना पुलको विकल्प

पोखरा, ७ असार/ पोखरा लेखनाथ महानगरपालिका– ७ र १५ जोड्ने चोरसाँघुस्थित सेती नदीमा एक करोड ६१ लाखको लागतमा पक्की पुल निर्माण भएको छ । सरकारको ७० प्रतिशत तथा जिल्ला समन्वय समितिको ३० प्रतिशत लागतमा ३२ मिटर लम्बाइको सो पुल निर्माण भएको हो ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख नारायण बरालका अनुसार २०७२ फागुनमा सो पुलको निर्माण कार्य सुरु गरिएको थियो । पुल निर्माणसँगै महानगरपालिका क्षेत्रको दक्षिणी भेगका नागरिकलाई यातायातको सुविधा पुगेको छ । पोखराको पृथ्वीचोक नजिकैको चाइना पुल व्यस्थ हुदा सवारीको लामो जाम हुन्छ । चाइना पुलको नजिकै विकल्प नहुदा लामो समय सम्म जाममा बन्नुपर्ने वा महेन्द्रपुल नै पुग्नु पर्ने बाध्यता थियो ।

पोखराको चोरसाँघुको पुल निमार्ण भई रहेको पुल । तस्विर ः सुर्दशन रञ्जित
पोखराको चोरसाँघुको पुल निमार्ण भई रहेको पुल । तस्विर ः सुर्दशन रञ्जित

महेन्द्रपुलको पुल पनि व्यस्थ पुलमा नै पर्दछ । चाइना पुलको विकल्पका चोरसाँघुमा पुल हुने स्थानीयहरु बताउ छन् । ९ वर्ष पहिले पोखरा उपमहागनगर पालिकाले निमार्ण सुरु गरेर त्यसै छाडेको पुललाई समितिले पुरा गरेको हो । ९ वर्ष पहिलो नगरपालिकाले सेती नदिको वारीपारी नै फाउन्डेस निमार्ण गरेको थियो । त्यही फाउन्डेसमा फलामको पुल जडान गरेका हो ।

पुलमा दोहोरो सवारी सञ्चालन हुने गरि निमार्ण गरीएको छ । यसअघि महानगरभित्र सेतीमा बगर, नारायणस्थान, महेन्द्रपुल, तुल्सीघाट, पृथ्वीचोक, मितेरी पुल, चिरगादी, लामगादी लगायत ठाउँमा १० वटा पुल निर्माण भई प्रयोगमा आएका छन् ।

कमेन्टहरु
Loading...