पोखरा महानगरको पहिलो बैठकले के के निर्णय ग¥यो ?

पोखरा, ६ असार /पोखरा लेखनाथ महानगरपालिकाको जननिर्वाचित पदाधिकारीहरुको प्रथम कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले महानगरको कार्यालय संचलनको लागि भवन निमार्णका लागि जग्गा खोज्न समिति गठन गरेको छ ।

त्यसै गरि १० प्रतिशत वृद्धभत्ता बढाउने , महिला समस्या समाधानका लागि हेल्प डेस्क स्थापना गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने पदवहाली सँगै भएको निर्णयको अनुमोदन गरेको छ ।

मापदण्ड विपरितका संरचनाको लगत संकलन गरेर सार्वजनीक गर्ने, महानगर भित्र रहेका सार्वजनीक जग्गाको तथ्यांक संकलन गर्ने, परिषद्का लागि ११ गते तयारी बैठक बस्ने, असार २५ गते महानगरपरिषद बैठक गर्ने, २२ वटा वडालाई कम्प्युटर प्रदान गर्ने, फोहोर व्यवस्थापन, फेवातालबाट जलकुम्भी जार झिक्नका लागि मेसिन खरिद गर्ने निर्णय गरेको छ ।

महानगरका विशेष ऐजेण्डाको बारेमा आगामी परिषदको वैठकमा छलफल गर्ने गरि बैठक टुंगिएको मयेर मानबहादुर जिसीका स्वकीइ सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...