एस.ई.ई. पास बिद्यार्थीलाई आदर्शको सम्मान

पोखरा, ५ असार/ आदर्श कम्प्यूटर टे«निङ्ग सेन्टर बगर–१, पोखराले आफ्नो टे«निङ्ग सेन्टरमा कम्प्यूटर कोर्ष सिकेका २०७३ सालको एस.ई.ई. परीक्षामा उत्तिर्ण विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान दिएको छ ।

एस.ई.ई. परीक्षा २०७३ मा बिभिन्न जिल्लाबाट सम्मिलित भई आदर्शमा कम्प्यूटर कोर्ष सिकिरहेका विद्यार्थीमध्ये छात्रा रश्मी पुनले उत्कृष्ट नतिजा जि.पी.ए ३.५० ल्याउन सफल भईन् । सो कार्यक्रममा बोल्दै आदर्शका संचालक टोपबहादुर बि.क.ले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याएर पास हुनका लागी हौसला प्रदान गर्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

सो कार्यक्रममा अर्का सञ्चालक सुरेश सुनारले अबका दिनमा बिषय छनोट गर्दा बिशेष ध्यान पु¥याउन आग्रह गर्दै बधाई तथा शुभकामना दिए । बिधार्थीहरुको तर्फबाट रश्मी पुन र अभिषेक बुढाथोकीले आ–आफ्नो भनाई राखेका थिए । सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल रश्मी पुन लाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...