भारतको लज्जास्पद हार, पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको उपाधि

पोखरा, ४ असार /भारतलाई लज्जास्पद हार चखाउदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आईसीसीले आयोजना गरेको प्रतियोगिताको लन्डनमा भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले इतिहास रचेको हो।

टस जितेर भारतले पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दियो। पाकिस्तानका लागि अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेपछि निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले मात्र ४ विकेट गुमाएर ३३८ रनको बिशाल योगफल तयार पार्‍यो।

५९ रन बनाएर अलि आउट भएपछि तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फकिरसँग ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्‍याए । ११४ रन बनाएका फकिर जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके। तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्‍याए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको निकै खराब प्रदर्शन गर्दै मात्र ३०।३ ओभरमा अल आउट हुँदै १६८ रनमा समेटियो।

पाकिस्तानको बलरहरुसामू निरिह रहेको भारतीय ब्याट्सम्यानहरु चल्न सकेनन्। टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यस्तै शिखर धवन पनि २१ रनमै आउट भए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी मात्र ४ रनमा आउट भए। छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट भए।

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो। तर, जितका लागि पर्याप्त थिएन। पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो। उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो। थप चार रन जोड्दा भारत अलआउट भयो।

भारतलाई मात्र ३० दशमलब ३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३/३ विकेट लिए। सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।

कमेन्टहरु
Loading...