खानेपानी शुद्धिकरण आयोजनामा मुअव्जा वितरण अन्तिम चरणमा

पोखरा, ४ असार / नेपाल खानेपानी संस्थान र जापानीज सरकार जाईकाको सहयोगमा शुरु हुन लागेको खानेपानी शुद्धिकरण आयोनजनामा अधिकरणमा परेकाहरुको मुअव्जा वितरण अन्तिम चरणमा पुगेको जनाईएको छ ।

साविकको हेम्जा गाविसको वडा नं ८ र पुरन्चौर ६ र ८ नम्वर वडाहरुमा मुअव्जा वितरण करिव ९५ प्रतिशत सकिएको नेपाल खानेपानी संस्थान हेम्जा शाखाका कार्यालय प्रमुख इन्जिनियर राकेश गोइतले जानकारी दिए । १ सय ३१ रोपनी जग्गा अधिकरण कार्यगरी पोखरामा वितरण हुने खानेपानीलाई शुद्धिकरण वनाई पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

हाल १० जनाको जापानीज टोली आयोजनाको टेण्डर प्रक्रियामा लागिपरेको सहायक कानुन अधिकृत कमल थापाले जानकारी दिए । करिव ५ वर्ष भित्रै कार्य सम्पन्न गरिने शुद्धिकरण आयोजनाले पोखरा लेखनाथ महानागरपालिकालाई नयाँ विकासको फड्को हुने नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. निरण महर्जनले जानकारी दिए ।

महर्जनले यो योजना पुरानै भएको र हाल पोखरा लेखनाथको जनघनत्व बृद्धिमा भएको चापलाई पानीको पहुँच पुर्याउन नयाँ योजना आवस्यक भएको वताउँदै आएका छन् । हाल जग्गा धनीहरुले मुअव्जा बुझिरहेका छन् । उक्त जग्गामा टेण्डर पश्चात कार्य द्रुत गतिमा हुने हेम्जा शाखाका कार्यालय प्रमुख राकेश गोइतले जानकारी दिए ।

कमेन्टहरु
Loading...