पोखराको लिटिल स्टेपका आविश्कार काफ्लेको एसईईमा ३.९५ जिपिए

पोखरा, ३ असार /शुक्रबार प्रकाशित एसईई नतिजामा अविश्कार काफ्लेले कास्की जिल्लामा उत्कृष्ट अंक ल्यान सफल भएका छन् । पोखराको लिटिल स्टेप माविमा एसईईमा सम्मिलित काफ्लेले ३ दशमलब ९५ ग्रेड ल्याएका हुन् । उनको नेपाली विषय बाहेक अन्य सबैमा ‘ए प्लस’ छ । शर्माले सिम्बोल नम्बर ०४१५६४६जे बाट परिक्षा दिएका थिए ।

‘हालसम्म जिल्लामा उनीबाहेक अन्नपुर्ण गाउँपालिकामा रहेको मनिङस्टारका विद्यार्थीले पनि त्यती नै ग्रेड ल्याएको बताएको छ । तर विद्यालयमा सम्र्पक गर्दा हुन सकेन । आफूले ल्याएको ग्रेड उच्च रहेको थाहा पाएपछि घरमै भएका काफ्लले आफूलाई निकै खुसी लागेको सुनाए । उनलाई सबैतिरबाट बधाईको ओइरो लागेको छ ।

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेजस्तै उनले आफू नेपालमा राम्रो चिकित्सक हुने लक्ष्य लिएको सुनाए । कक्षामा उनी निकै मेहनति र लगनशील रहेको विद्यालयका संस्थापक शेरबहादुर गुरुङले बताए । प्रारम्भिक शिक्षा देखि लिटिल स्टेप मै पढेका उनले दाजुहरुको प्रेरणाले नै आफु सफल भएको बताए । लिटिल स्टेपबाट एसईईमा ३७ जना परीक्षार्थी सम्मिलित भएको थिए । उनले सबै विषयलाई समान समय र तालिका बनाएर बताउदा आफु सफल भएको र अन्य भाईबैनिलाई पनि समय तालिका र सबै विषयलाई समान समय दिएर पढ्न सुझाब दिए ।

कक्षामा शिक्षकले पढाउँदा प्रस्ट हुन्छ, पुनस् घर पुगेर एकपल्ट हेरेपछि जाँचमा घोक्नुपर्ने बाध्यता हट्छ ।’ उनले भने शिक्षकले कक्षमा पनि आफुलाई अप्ठेरो अप्ठेरो प्रश्नहरु दिने गरेको सुनाए ।

कमेन्टहरु
Loading...