महोत्तरी र अर्घाखाचीमा भएको बलात्कराका बिरुद्धमा पोखरा सौन्दर्यकर्मी सडकमा

सागर राज तिमिल्सिना
पोखरा, २ असार /महोत्तरी र अर्घाखाचीमा भएको महिलाहरु माथी भएको बलात्कार बिरुद्ध कास्की सौन्दर्यकर्मी महिलाहरु सडकमा उत्रिएका छन् । महोत्तरी जिल्लाको औरी गाँउपालिकाकी एक युवतीको बलत्करा र अर्घाखाचीमा सामुहिक बलात्कार पछि महिलाको ज्यान गएको विरुद्धमा सडकमा उत्रिएर विरोध प्रर्दशन गरेका हुन् । सामुहिक बलात्कारका दोषीहरुलाई कडा कार्वाहीको माग गर्दै सौन्दर्य कला ब्यवसायी संघ, कास्कीले पोखरामा विरोध प्रर्दशन गरेको छ ।

महोत्तरी र अर्घाखाचीमा भएको बलात्कराका बिरुद्धमा पोखरा सौन्दर्यकर्मी सडकमा
महोत्तरी र अर्घाखाचीमा भएको बलात्कराका बिरुद्धमा पोखरा सौन्दर्यकर्मी सडकमा

पोखरा सभागृहचोकबाट सुरु भएको विरोध प्रर्दशन पोखरा मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो । सौन्दर्य पेशामा आवद्ध २१ वर्षिय युवतीलाई जेष्ठ २८ गते साँझ ७ बजे ब्यवासाय संचालन पश्चात घर फर्कने क्रममा तीन जना युवाहरुबाट बलात्कारमा परेकी थिइन् भने बुधवार साँझ साढे ७ बजे गुल्मी खर्ज्याङबाट कपडा सिलाएर घर तर्फ फर्किने क्रममा बलात्कारको सिकार भएकी अर्घाखाँची छत्रदेवी गाउँपालिका १ की २१ वर्षिय महिलाको मृत्यु भएको थियो । विभिन्न नाराका प्लेकार्ड सहित सडकमा उत्रिएको सौन्दर्यकर्मीहरुले बलत्कारीलाई फासीको सजाए दिन माग गरेका थिए ।

कोष सभालाई सम्बोधन गर्दै सौन्दर्य कला ब्यवसायी संघका सल्लाहकार चिनु गुरुङ्गले सन्दौय कर्मि सुरक्षित रुपमा आफ्नो पेशा व्यवसायमा लागेर काम गर्न पाउनु पर्ने, निर्धक्क साथ हिड्न पाउने अधिकारको ग्यारेन्टी गर्न र जघन्य अपराधमा संलग्नको छिटो पहिचान गरी कडा भन्दा कडा कार्वाहीको माग गरिन् ।

त्यसै गरि सौन्दर्य कर्मी युनियनका संस्थापक अध्यक्ष मिना गुरुङ्ग कुनै पनि राजनैतिक दबाबमा दोषिले उन्मुक्ति पाउने अवस्थामा आउने नहुने बताइन् । उनले घटनाबाट विक्षिप्त हुन पुगेकी युवतीको स्वास्थ्य परीक्षण र उपचारकालागि उचित क्षतिपूर्तिको व्यवस्थाको लागि सरकार सगँ समेत माग गरिन् ।

सौन्दर्य कला ब्यवसायी संघका अध्यक्ष सोमन गुरुङ, पोखरा उद्योग बाणिज्य संघ महिला उद्यम विकास उपसमिति संयोजक सिता बराल लगायतले अपराधीलाई कडाभन्दा कडा कार्वाही गर्न माग गरे ।

कमेन्टहरु
Loading...