वैद्यको वार्ता टोलीप्रति मात्रिका र मणि थापाको असहमति

२५ असार, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले वार्ता टोली घोषणा गरेपछि ३३ दलीय मोर्चामा विवाद चर्किएको छ । पूर्वनिर्णय विपरित आफूहरुसँग छलफल नै नगरी वार्ता टोली घोषणा भएको भन्दै मोर्चामा आवद्ध दलहरुले आपत्ति जनाएका हुन् ।

३३ दलीय मोर्चामा रहेका मात्रिका यादव नेतृत्वको नेकपा -माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र परी थापाको नेकपा एकीकृतले वार्ता टोली गठनप्रति आपत्ति जनाएका छन् । ‘वैद्यजीहरुले गठन गर्नुभएको वार्ता टोलीप्रति हाम्रो सहमति छैन । वामपन्थीहरुको त असहमति हुने नै भयो, ३३ दलभित्रका अन्य दलको पनि असहमति देखिएको छ’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग भन्नुभयो । माओवादीका संयोजक मात्रिका यादवले यसमा आफूहरुको असहमति रहेको भन्दै यसबारे ३३ दलमा छलफल गर्ने अनलाइनखबरलाई बताउनुभयो ।

३३ दलमा आवद्ध कम्युनष्टि घटकहरुलेजस्तै किशोर विश्वास नेतृत्वको ६ दलीय संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले पनि वार्ता टोली गठनप्रति असन्तुष्टी जनाएको छ । ‘११ बुँदे राजनीतिक सहमति, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश, खिलराज रेग्मी सरकार र राजनीतिक समिति खारेज नभई कुनै पनि वार्ता र सम्वादको औचित्य छैन’ मोर्चाले भनेको छ-’नेकपा-माओवादीले सार्वजनिक गरेको कुनै पनि निष्कर्ष, निणर्यप्रति हाम्रो सहमति छैन ।’

– See more at: http://www.onlinekhabar.com/2013/07/91800/#sthash.OulVefKr.dpuf

कमेन्टहरु
Loading...