पत्रकार ढकालको उपचारार्थ सहयोग अभियान सुरु

पोखरा १, असार/नेपाल पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश ढकालको उपचारार्थ सहयोग अभियान सुरु भएको छ । श्वासप्रश्वासमा समस्या आए पछि ढकाल विगत नौ दिन देखी पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

उनको थप उपचारको लागि काठमाण्डौंको नर्विक हस्पिटल लैजानु पर्ने भएकोले महासंघले उनको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराउने उद्धेश्यले सहयोग अभियान सुरु गरेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक हजार रुपैया दियर उक्त अभियान सुरु गरेको सहसचिव दीननाथ बरालले बताए । हालसम्म उक्त अभियानबाट २० हजार भन्दा बढी नगद जम्मा भएको र धेरै पत्रकारहरुबाट सहयोग गर्ने वचन दिएको बरालले जनाए ।

ढकालको सहयोग अभियानमा बरालले एक हजार, माधव पनेरुले एक हजार, सुरज श्रेष्ठले एक हजार ५०, शन्तोस पोखरेलले ५ सय, निशा शर्माले ५ सय, डा. भानुभक्त आचार्यले ५ सय, गणेश पहारीले ५ सय, ऋषिराम बरालले ५ सय, शान्ति गुरुङले ५ सय, अनुप प्रकाश पौडेलले ५ सय, कृष्ण प्रसाद दवाडीले एक हजार, सुरेन्द्र पौडेलले एक हजार एक सय, प्रभु अधिकारीले ५ सय, रन्जन अधिकारीले ५ सय, माधव बरालले १ हजार, विनु सुवेदीले ५ सय, वद्रीविनोद प्रतिकले ५ सय, टंकराज अधिकारीले ५ सय, दुर्गा पौडेलले एक हजार, नारायण क्षेत्रीबाट एक हजार, पोखरा न्यूज डटकम तथा ढाका मोहन बराल (गणेश) बाट दुई हजार र मिना गुरुङले एक हजार सहयोग गरेका हुन ।

त्यसै गरी सामाजिक संजाल फेसवुक मार्फत अन्य पत्रकारहरुबाट समेत ढकालको उपचार सहयोग अभियानमा सहयोग गर्नेहरुको घोषणा हुने क्रम जारी रहेको छ । ढकालको उपचारमा सहयोग पुगोस भन्दै महासंघले यस १० हजार संस्थागत रुपमा सहयोग गरेको छ । त्यसै गरी खेलकुद पत्रकार मञ्च कास्कीले ७ हजार, प्रेस युनियन कास्कीले ५ हजार, आदर्श समाज राष्ट्रिय दैनिकले १० हजार सहयोग गरेका छन ।

उक्त अस्पताल प्रशासनले समेत ढकालको उपचारमा सहयोग गर्ने भएको छ । पत्रकार ढकाल महासंघ कास्कीको कार्य समिति सदस्य तथा आर्दश समाज राष्ट्रिय दैनिकमा आवद्ध छन । गोर्खा स्थाई घर भएका ढकाल विगत ८ बर्ष देखि पत्रकारिता गर्दै आएका छन ।

कमेन्टहरु
Loading...