पूर्व युवराज्ञी हिमानी शाह पोखरा ताल बाराही मन्दिरमा पुजाअर्चना (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, १ असार/पूर्व युवराज्ञी हिमानी शाह धार्मिक मठमन्दिरको पूजाअर्चनाका क्रममा पोखरा प्रसिद्ध मन्दिर तालबाराही मन्दिरमा पुजा गरेकी छन् । पोखरा फेवाताल बिचमा रहेको तालबाराही मन्दिरमा बिहान साढे १० बजे पुजा अर्चना गरेकी हुन् . करिब १० मिनेट पुजा गरेकी शाह तालबाराही मन्दिरमा भने छोरा ह्दयन्द्र बिक्रम शाहलाई भने लगेकी थिइनन् ।

उनलाई स्वागत गर्न दुबै राप्रपाका कार्यकताहरु फेवाताल किनारामा पुगेका थिए । जेठ २५ गते पोखरा आएकी शाहले छोरा ह्दयन्द्र सहित मुस्ताङको मुक्तिनाथ मन्दिर, स्याङजा, तनहुँ, म्याग्दी लगाएतका जिल्लाहरुमा भएको देवि देवताको मठमन्दिरमा पुजा अर्चना गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

निजी सवारीका साथ पोखरा आएकी पूर्व युवराज्ञी हिमानी शाह र छोरा सहित बिहीबार नै काठमाडौ फर्किएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...