पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)

पोखरा ३१ जेठ/स्वस्थ रहन र शारिरिक तन्दुरुस्तीका लागि दिनहु जिम हल तथा स्पोर्टस क्लबमा युवादेखि बृद्ध सम्मको जाने लागेका छन् । मोटोपन घटाउन वा बढाउन, शरिरका विभिन्न अंगको आकार बढाउन वा घटाउन तथा आकर्षक शरिर निर्माणका लागि पनि यस्ता स्पोर्टस क्लब र जिम हलहरु प्रयोगमा आउने गरेका छन् ।

पोखराको रानीपौवामा १३ महिना अघि सञ्चालित रानीपौवा स्पोर्टस सेन्टरमा यस्तै उद्देश्यले युवा देखि बृद्ध सम्म आउछन् । जिम, जुम्बा, कार्डियो, फुटसल मैदान समेत रहेको छ । सबै एकै ठाउँमा भएका कारण पनि धेरैको रोजाइको ठाउँ बनेको छ । चार जना युवाहरु मिलेर यो स्पोर्टस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

दैनिक झण्डै तीन सय जना नियमित ब्यायमको लागि आउने गरेको स्पोर्टस सेन्टर सञ्चालक जीतेश प्रधानले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ११ स्थित ६ रोपनी क्षेत्रफलमा डेढ करोड खर्चेर तयार गरिएको स्पोर्टस सेन्टरमा दैनिक ५ सय जना सम्मको क्षमता छ ।

जिमको लागि मासिक १५ सय र जुम्बाको लागि मासिक २ हजार रुपैया शुल्क तोकिएको प्रधानले जानकारी दिए । त्यस्तै फुटसलको लागि प्रतिघण्टा १३ सय देखि १८ सय रुपैया सम्म शुल्क तिर्नुपर्नेछ । अत्याधुनिक उपकरण र प्रशिक्षक सहित सेवा प्रदान गर्दै आएको अर्का सञ्चालक दिपक बास्तोलाले बताए । यो स्पोर्टस सेन्टरमा १५ जनाले रोजगारी पाएको उनले बताए । पर्याप्त पार्किङ सुविधा सहितको स्पोर्टस सेन्टर भित्रै रेष्टुरेन्ट पनि छ ।

प्रधान र वास्तोला सहित सुवास बस्नेत र राजीब श्रेष्ठ गरी ४ जना युवाको संयुक्त लगानीमा स्पोर्टस सेन्टर सञ्चालनमा ल्याइएको हो । स्पोर्टस सेन्टर विहान ५ देखि राती ९ बजेसम्म खुल्ला रहने र आफु अनुकुलको समयमा जान सकिने सञ्चालकले बताए ।

स्पोर्टस सेन्टरमा छिट्टै साउना र स्टिम बाथ सञ्चालनमा ल्याउने तयारी गरेको प्रधानले बताए । उनले जिमका लागी युवतीहरुको पनि आक्रर्षण बढ्दै गएको बताए ।

कमेन्टहरु
Loading...