रोट¥याक्टको सहयोग शुक्रराज बलभद्रका विद्यार्थीलाई

पोखरा, २९ जेठ/रोट¥याक्ट क्लब अफ पोखरा फिस्टेलको पहलमा शुक्रराज बलभद्र मावि पोखरा–१८ छिनेडाँडामा सहयोग गरिएको छ । रोट¥याक्ट क्लब अफ मकाउले विद्यालयमा पुस्तकालय निर्माण गर्न रकम, स्टेसनरी र खेलकुद सामग्री प्रदान गरेको हो । सोही अवसरमा सहारा क्बल अफ युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले २ जना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरेका हुन् ।

कक्षा ८ मा पढ्ने नितु पुन र कक्षा ६ मा पढ्ने सीता श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएको हो । रोट¥याक्ट क्लब अफ मकाउका अध्यक्ष माथ्यु वाङ विद्यालयमा पुस्तकालय निर्माण गर्न नगद ६० हजार क्लबका अध्यक्ष तथा लाइब्रेरी संयोजक बालकाशी गुरुङलाई हस्तान्तरण गरे ।

म्यथुवनले यसरी विद्यालयलाई सहयोग गर्न पाउदा खुसी व्यक्त गरे । ‘यो हाम्रो सानो सहयोग हो,’ उनले भने, ‘विद्यालयलाई यसरी सहयोग गर्न पाउँदा हामी निकै खुसी छांै ।’ विगतमा पनि यसरी नै विद्यालयलाई सहयोग गर्दै आएको समेत उनले बताए । रोटरी क्लब अफ पोखरा फिस्टेलका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले विद्यालयलाई सहयोग मात्र नभएर दुई देशबीच राम्रो सम्बन्ध समेत कायम भएको बताए । ‘संस्थाले स्वागत योग्य काम गरेको छ,’ उनले भने, ‘उनीहरुले दिएको सामग्री विद्यालयले राम्रोसँग सदुपयोग गर्नु पर्छ ।’ संस्थाले आगमी दिनमा पनि यसरीनै शिक्षा क्षेत्रमा अझै धेरै काम गर्ने विश्वास उनले प्रकट गरे ।

विद्यलय व्यवस्थापन समितिका अध्यक्ष बोधराज कार्कीले आफ्नो विद्यालयलाई रोजेर सहयोग गरिदिएकोमा खुसी व्यक्त गरे । ‘यस सहयोगले विद्यालय र विद्यार्थीलाई उर्जा मिलेको छ,’ उनले भने, ‘हामीले पाएको सामाग्रीलाई राम्रोसँग सदुपयोग गर्ने छौं ।’

विद्यालयका प्रधानाध्यापक भोलानाथ पौडेलले विद्यलयमा पुस्तकालय अति आवश्यक रहेको हुनाले निर्माण सुरु गरिएको बताए । ‘विद्यालयमा अति आवश्यक कुरा हो पुस्तकालय जसको निम्ति यहाँहरुले सहयोग गर्नु भएको छ,’ उनले भने, ‘हामी निर्माण कार्य छिटै सम्पन्न गर्ने छौं ।’ रोट¥याक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष सुजन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष अमृता पौडेलले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...