सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनमा उत्कृष्ट पाँच

पोखरा, २५ असार/सोमबारको प्रतिस्पर्धामा प्रतियोगिताबाट सुरज थापामगर बाहिरिएपछि सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनमा अब पाँच जना प्रतिस्पर्धी मात्र बँचेका छन् । अब सर्वोत्कृष्ट बन्नका लागी पाँच जना उत्कृष्टहरुको घमासान सांगीतिक प्रतिस्पर्धा हुने एफएमले जनाएको छ । अब प्रतियोगितामा अनिता गुरुङ, लक्ष्मी थापा, रवीन न्यौपाने, मिलन गुरुङ र मुस्कान रानाभाट मात्र बाँकि बसेका छन् । हाल संचालन भैरहेको विग आईकनमा ४८ जिल्लाका कुल ७ सय ७० जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।

IMG_0565यसअघि उत्कृष्ट ६ को छनौट गर्ने बेलामा प्रतियोगिताबाट सबैभन्दा कान्छी प्रतियोगी प्रशान्ती राई बाहिरिएकी थिईन् । सोमबारको प्रतियोगिताबाट बाहिरिँदै गर्दा एलिमिनेटेड प्रतियोगी सुरज थापामगरले प्रतियोगितामा सर्वोत्कृष्ट हुन नपाएपनि उत्कृष्ट बन्न पाउँदा आफु खुशी भएका बताए । उनले आफ्ना प्रतिस्पर्धी साथीहरुलाई अगाडीको यात्रामा अझै सशक्त प्रतिभा देखाउनका लागी आग्रह समेत गरेका थिए ।

सोमबार प्रतियोगितामा चर्चित गायक रामभक्त जोजीजु गेस्ट निर्णायकको रुपमा रहे । उनले प्रतियोगितामा उत्कृष्ट पाँचमा छनौट भएका सबै प्रतिस्पर्धीहरु एक से एक भएको प्रतिक्रिया दिए । साथै उनले प्रतियोगितामा आफ्नो चर्चित गीत ‘उडेर जुन छुन्छु भन्ने’ सहित भर्खरै बजारमा आएको एल्वम ‘चहक’बाट गरि दुईवटा गीत गाएका थिए । प्रतियोगितामा सोमबार प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीको समेत विशेष उपस्थिती रहेको थियो । उनले पोखरामा रहेर एउटा एफएमले यति ठुलो रियालिटि शो गर्न गाह«ो भएको बताएका थिए । यद्यपी विग एफएमले प्रतिभाहरुका लागी यति ठुलो साहस देखाएको भन्दै उनी विग एफएमप्रति आभारि देखिए ।

 

सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको निर्णायकहरुमा संगीतकर्मी सुनील थापा र विनोद बाँनिया रहेका छन् । उत्कृष्ट १० राउण्डबाट प्रतियोगितामा निर्णायकको मत संगै स्रोताहरुको एसएमएस भोटिङ पनि उत्तिकै आवश्यक रहेको छ । एसएमएस भोटिङका लागी उत्कृष्ट ५ मा पर्ने प्रतिस्पर्धी लक्ष्मी थापालाई भोट गर्न मोबाईलको मेसेज बक्समा गई द्यष्न?क्उबअभ श्रीत्, अनिता गुरुङलाई भोट गर्न द्यष्न?क्उबअभश्रब्न्, रबिन न्यौपानेलाई भोट गर्न द्यष्न?क्उबअभ श्रच्ल्, मिलन गुरुङलाई भोट गर्न द्यष्न?क्उबअभश्र ःन् र मुस्कान रानाभाटलाई भोट गर्न द्यष्न?क्उबअभ श्रःच् टाईप गरेर ४३२१ म सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् । विग आईकनमा रिदम ब्याण्डले अफिसियल ब्याण्ड पार्टनरको रुपमा सहयोग गरिरहेको छ ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

 

कमेन्टहरु
Loading...