१७ वर्ष पोखरा ७ हाकेका बरालको निधन, बिहीबार नै अन्तेष्टी

पोखरा, २५ जेठ /पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष तथा समाज सेवी हिरालाल बरालको निधन भएको छ । उनको बिहीबार आफ्नै निवासमा निधन भएको हो ।

पोखरा ७ को तीन कार्यकाल सम्म वडा अध्यक्ष भएर काम गरेका थिए । उनको बिहीबार नै पोखरा शान्ति घाटमा अन्तेष्टी भएको छ । बुबा स्व चक्रपाणी बराल र आमा स्व कलावती बरालको कोखबाट २००२ साल बैशाख ७ गते बिहीबार नै जन्म भएको थियो । लामो समय देखी सामाजिक तथा राजनैतिक रुपमा क्रियासिल बराल २०३८ साल, २०४४ र २०४९ साल गरि तीन कार्यकालमा १७ बर्ष सम्म वडा नम्बर ७ को अध्यक्षको रुपमा काम गरेका थिए ।

कृष्ण प्रणामी मन्दिरको सस्थापक सचिब एबं अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ को अध्यक्ष, अखिल नेपाल किसान संघको सदस्य रहेका थिए । व्यावसायिक हिसाबले ठेकदार एसोसिएसन सगँ आबद्ध थिए । उनका एक श्रीमती, तीन छोरा, एक छोरी, पाँच नाती, पाँच नातिनी छन् ।

कमेन्टहरु
Loading...