अनुसन्धान बिधि सम्बन्धी पोखरामा कार्यशाला गोष्ठी

पोखरा, २५ जेठ/पृथ्वी नारायण क्याम्पस ब्यवस्थापन संकायको आयोजनामा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको लागि गरीएको त्रि दिबसीय अनुसन्धान पद्धति कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

ब्यवस्थापन संकायमा अध्यापनरत ४२ जना प्राध्यापकहरुको सहभागिता रहेको उक्त कार्यशाला गोष्ठिको उद्धघाटन गर्दै पृथ्बिनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले आजको युगमा कुनै पनि राज्यको विकासका लागि बिश्वबिद्यालयमा हुने शिक्षाको गुणस्तर र उनिहरुले गर्ने खोज तथा अनुसन्धान सँग प्रत्यक्ष सम्वन्ध रहने बताए । नेपालमा बैज्ञानिक अनुसन्धानको कमि भएकाले नेपालमा भएका प्राकृतिक श्रोतहरुको पहिचान र परिचालन हुन नसकेकोे बताए ।

कायक्रममा बिज्ञान संकायका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी, सन्ध्याकालीन कार्यक्रम संयोजक चोलाकान्त ओझा, लेखाशास्त्र बिभागिए प्रमुख रामबहादुर थापा, ब्यबस्थापन अनुसन्धानका अध्यक्ष कृष्णराज ढुङ्गाना, प्राध्यापकहरु धनेश्वर रखाल, जसबहादुर गुरुङ्ग लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो। कर्यक्रममा मुख्य श्रोत ब्यक्तिको रुपमा प्रा.डा. प्रेमराज पन्त रहनुभएको थियो भने डा. बिरबहादुर कार्की, प्रा.डा. पुष्पराज शर्मा, ब्यवस्थापन अनुसन्धान समितिका अध्यक्ष ईन्द्रप्रसाद शर्मा, प्रा.डा. बिकास के.सी., प्रा.डा. लेखनाथ शर्मा, उप प्रा. देबिलाल शर्माले श्रोतब्यक्तिको रुपमा सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा सहभागिहरुको तर्फवाट बोल्दै उप प्रा. भुपाल जैसी र इन्दिरा देवकोटाले ३ दिनसम्म सिकेको ज्ञान आफ्ना बिद्यार्थीहरुमा पनि हस्तान्तरण गर्ने र अनुसन्धान कार्यमा संलग्न हुन कार्यशाला फलदायी रहेको बताए । कार्यक्रमा सहभागीहरुलाई प्रमाणपत्र र श्रोतब्यक्तिहरुलाई मायाको चिनो सहायक क्याम्पस प्रमुख डा. बिरबहादुर कार्की र ब्यवस्थापन अनुसन्धान समितिका अध्यक्ष ईन्द्रप्रसाद शर्माले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता ब्यवस्थापन अनुसन्धान समितिका अध्यक्ष ईन्द्रप्रसाद शर्माले गरेका थिए ।

कमेन्टहरु
Loading...