पोखरामा मौलायो सेक्स व्यापार

मेनखबर, झरीको सिजन सबैखाले व्यापारको लागी अफसिजन मानिन्छ । तर पोखरामा एउटा गैरकानुनी व्यापारको लागी वर्षातको समय निकै फलदायी भएको छ । विश्वकै सबैभन्दा पुरानो तर नेपालमा गैरकानुनी मानिने व्यवसाय ‘देहव्यापार’ले अहिले पोखरामा तिव्रता पाएको छ । केहि समय अगाडीसम्म प्रहरी तगारो बनेपछि यो व्यापारको ‘डेस्टिनेशन चेन्ज’ भएको थियो । तर पछिल्लो समय कास्की प्रहरीले वेश्यावृत्ति कम भएको भन्दै रेड हान्न लगभग छोडिसकेको अवस्था छ । यहि मौका छोपेर देहव्यापारमा संलग्नहरु अहिले पोखरामा सलबलाईरहेका छन् ।

Mainkhabar-sex workers

केहि समय अगाडी सम्म पोखराको होटलहरुमा दिनदिनै वेश्यावृत्तिमा संलग्न युवायुवतीलाई रंगेहात पकडेर सेक्सको व्यापारलाई नै लथालिंग बनाएको कास्की प्रहरीले अहिले किन त्यसो गर्न सकेको छैन त ? ‘हामीले वेश्यावृत्ति गर्ने छुट दिएका होईनौँ, बरु हामीले अब पोखरामा वेश्यावृत्ति कसरी रोक्ने भनेर विशेष खाले योजना बनाईरहेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले भने–‘केहि समय सुस्ताएको जस्तो भएपनि अब हामी वेश्यावृत्ति रोक्नका लागी आक्रामक भएर जानेवालामा छौँ ।’ कास्की प्रहरीको अभियान अन्तरगत वेश्यावृत्ति रोकथाम पनि महत्वपुर्ण अभियानको रुपमा पर्छ ।

प्रहरीले यसअघि करिब ७० दिनसम्म लगातार रुपमा वेश्यावृत्तिमा संलग्नहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले दिनदिनैजसो होटलमा जोडी भएर आउने ग्राहकलाई नियन्त्रणमा लिने क्रमले तिव्रता पाएपछि पोखराका विभिन्न होटल व्यवसायी संघहरुले ‘प्रहरीले गरि खान दिएन’ भनेर आक्रोश समेत पोखेका थिए । ‘अहिले होटलहरुको व्यवसाय निकै राम्रो छ ।’ एक होटल व्यवसायीले नाम नखुलाउने शर्तमा भने–‘एकै दिनमा होटलको एउटा रुम ८ चोटीसम्म बुक हुने गरेको छ ।’

कस्ता छन् देहव्यापार गर्नेहरु ?

सामान्यतया देहव्यापार कसैले आफ्नो ईच्छाले गरेको पाईदैन । बाध्यता, विवशता र परिस्थितीले मानिसलाई यस्तो व्यापार गर्नुपरेको यसमा संलग्नहरु बताउँछन् । विशेषगरि युवतीहरु यो पेशामा बढि संलग्न रहेको तथ्याङ्क पोखरामा पाईन्छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पोखरामा २ हजार भन्दा बढि महिला यौनकर्मीहरुले अवैध रुपमा वेश्यावृत्तिलाई व्यवसायिक बनाईरहेका छन् । वेश्यावृत्तिलाई व्यवसायिक बनाउनका लागी केहि त्यस्ता विशेष क्षेत्रका रेस्टुरेन्टहरुको हात पनि उत्तिकै छ । प्रहरीको अनुसार पोखराको बागलुङ बसपार्क क्षेत्र, सृजनाचोक, नागढुंगा लगाएत क्षेत्रका त्यस्ता रेस्टुरेन्टहरुमा वेश्यावृत्तिमा बढि हुने गरेको छ ।

sex workers-Mainkhabar.

पछिल्लो समय भने देहव्यापारलाई आम्दानीको सजिलो स्रोत मान्नेहरु पनि यो व्यापारसंग जोडिएको पाईएको प्रहरीले जनाएको छ । व्यवसायीहरुको अनुसार देहव्यापारमा संलग्न एक जनाले न्यूनतम दैनिक १ हजार रुपैँया कमाउँछन् । अझै ‘होलनाईट’ कसैसंग सुतेकै भरमा न्यूनतम दुई हजार रुपैँया कमाई हुने गर्छ । ‘एकै दिनमा पुरै मस्ती गरेर तीन हजार कमाएपछि अरु काम किन गर्नु ?’ एक पेशेवर युवतीले भनिन्–‘जागिर खाएर त हामीलाई मेकअप गर्न पनि पुग्दैन ।’

प्रहरीका अनुसार यौन व्यवसायलाई जतिसुकै नियन्त्रण गर्न खोजेपनि यो नियन्त्रित हुने देखिँदैन । यद्यपी नेपालको कानुन अनुसार यौन व्यवसाय अवैधानिक र सामाजिक रुपमा अमर्यादित भएकोले प्रहरीले पटक पटक यौन व्यवसायमा संलग्नहरुलाई नियन्त्रणमा लिँदै आएको छ । आर्थिक रुपमा कमजोर पारिवारिक पृष्ठभुमि भएका युवतीहरुले यसरी विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा रहेर यौन व्यवसाय गर्दै आएको पाईएको छ । अधिकारकर्मीहरुले यौनव्यवसायलाई कानुनी मान्यता दिनुपर्ने माग समेत राख्दै आएका छन् ।

कस्ता छन् त ग्राहक ?

विवाह नभएका र जागिरको शिलशिलामा एक्लै डेरामा बस्ने गरेका व्यक्तिहरु देहव्यापारको मुख्य ग्राहक हुन् । देहव्यापारमै संलग्नहरुको कुरालाई आधार मान्ने हो भने ‘प्रहरी र आर्मीहरु’ पनि यो व्यापारको ग्राहकहरुमा पर्छन् । तर यस्ता ग्राहकहरुबाट पेशेवर वेश्यावृत्तिमा लागेका युवतीहरुलाई त्यति फाईदा नपुगेको उनीहरु बताउँछन् ।

mainkhabar-sex news

विशेषगरि भारतीय पर्यटकको सिजनमा पेशेवर युवतीहरुको बढि कमाई हुने गरेको छ । भारतीय पर्यटकहरुले पोखरामा वेश्यावृत्तिका लागी दिल खोलेर खर्च पनि गर्ने गरेको व्यवसायीहरु बताउँछन् । ‘भारतीय पर्यटकहरुले एकै रातको १५ हजार सम्म खर्च गरेर मस्ती गर्छन् ।’ एक यौनकर्मी महिला बताउँछिन् । cp. mainkhabar.com

नोट : फोटोहरु समाचारसंग मिल्दो भएर मात्र राखिएको हो । यी सबै फोटोहरु पोखराभन्दा बाहिरका हुन् ।

तस्वीर स्रोत: गुगल

कमेन्टहरु
Loading...