आधि रातमा फिल्मको शुभमुर्हत

पोखरा, २५ असार/पोखरामा बन्न लागेको एउटा फिल्मले आधि रातमा फिल्मको शुभमुर्हत गरेको छ । निर्देशक अमृत नेपालीले पहिलोपटक निर्देशन गर्न लागेको फिल्म ‘द डे ईज टुडे’ले रातको १२ बजे शुभमुर्हत गरेर सुटिङ प्रारम्भ गरेको हो । फिल्मको अहिले छायाँकन चलिरहेको छ ।

आईतबार राति १२ बजे कालिका गाविसमा पुरै युनिटलाई राखेर निर्माणपक्षले सुटिङ प्रारम्भ गरको हो । शुभमुर्हतमा नायक मिलन शंकरले नरिवल फुटाएका थिए । ‘हामी यो फिल्ममा धेरै जसो रातिको समयमा ईन्डोर सुटिङ गर्ने दृश्यहरु राखेका छौँ ।’ आधि रातमा फिल्मको शुभमुर्हत गर्नुको कारण प्रस्ट्याउँदै फिल्मका डेब्यु निर्देशक अमृत नेपालीले भने–‘कथाको थिम अनुसार कामको शुरुवात गरौँ भन्ने लागेर यसो गरेका हौँ ।’ प्रायजसो नेपाली फिल्मको शुभमुर्हत विहानीको समयमा मठमन्दिर तिर हुँदै आएको छ ।

यसरी आधि रातमा फिल्मको शुभमुर्हत गरेर सुटिङ थाल्नेमा ‘द डे ईज टुडे’ पहिलो फिल्म भएको निर्माणपक्षले दाबी गरेको छ । ‘शायद यसरी कसैले पनि फिल्मको शुभमुर्हत गरेको जस्तो मलाई पनि लाग्दैन ।’ शुभमुर्हतमा नरिवल फुटाईसकेपछि नायक तथा छायाँकार मिलन शंकरले भने–‘यसरी पहिलोपटक नयाँ प्रयोग गर्न पाउँदा निकै रमाईलो लागिरहेछ ।’ झरीको मौसम भएपनि फिल्मको अत्याधिक ईन्डोर दृश्यहरु भएको समस्या नभएको समेत निर्माण पक्षले जनाएको छ ।

‘द डे ईज टुडे’ अहिले कास्कीको कालिकाको एउटा घरमा धमाधम सुटिङ भैरहेको छ । फिल्ममा मनिष केसी, अदिप श्रेष्ठ, सुमित तामाङ, रोहन, किरण थापा, सन्जिब गोदार, लक्ष्मी नेपाली, शर्मिला बस्नेत लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्मलाई मिलन शंकर र गणेश सापकोटाले खिच्दैछन् । फिल्मको कथा अजित सुवेदीले लेखेका हुन् भने संगीत योगेश काजीले दिएका हुन् ।

कमेन्टहरु
Loading...