लोकमानको मुद्दा फैसला नगर्न प्रधानमन्त्रीले दबाब दिएः प्रधानन्यायाधीश कार्की

काठमाडौं, २१ जेठ /प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको प्रधानन्यायाधीश कार्काीले खुलासा गरेकी छन् । प्रधानन्यायधीश कार्कीले नेपाल साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेको आजको कान्तिपुर दैनिकमा छ ।

‘अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो।उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र मुद्दाको कुरा निकाल्नुभयो।’

दाहालल उदृत गर्दै कार्कीले भनिन्, ‘ तपाईले निस्सा दिएर बबाल गर्नुभयो, लोकमान्जीले मलाई धम्क्याए। म यो कुर्सीमा सात महिना बस्छु म बसुन्जेल मुद्दा रोकिदिनुहोस्। म गए पछि फैसला गर्नुहोला।’ कार्कीले अगाडि भनिन्,‘त्यसपछि मैले भने( अब मेरो हातमा छैन।मुद्दाले आफ्नो कोर्स लिइसक्यो। मैले मुद्दा हेर्दा पनि हेर्दिन अर्को बेन्चले हेर्छ भन्दिएँ।

त्यसैगरी अन्य मुद्दामा पनि भनसुन र दबाब दिन थालेपछि उनलाई भेट्न छाडेकोसमेत उनले खुलाइन्। ‘उहाँले तीन खेप बोलाउनुभयो। एक पटक लोकमानको मुद्दा भएको बेला, अर्को पटक सीमांकन विवाद हुँदा र अर्को पटक केमा हो मैलै विर्सिएँ। कार्कीले भनिन्,‘ तीनै पटक म पाँच पाँच मिनेट बसेँ हुँला चियाँ खाए निस्किएँ। राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरूमा शिष्टाचारकै रूपमा लिएँ।

कमेन्टहरु
Loading...