कास्कीको सिडियोमा तारानाथ अधिकारी

पोखरा, २० जेठ/गृहमन्त्रालयले कास्कीको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको सरुवा गरेको छ । उनको ठाउँमा कास्कीमा एलसियो भइसेका तारानाथ अधिकारी प्रमुख जिल्ला अधिकारी भएर आउन लागेका छन् ।

मैनालीको मन्त्रालयमा सरुवा भएको छ । अधिकारी प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए । जेठ ९ गते बसेको गृहमन्त्रीस्तरीय निर्णयले तारानाथ अधिकारीलाई कास्कीको सिडियो बनाउने निर्णय गरेको हो । मैनालीको गृहमन्त्रालयमा सरुवा भएको छ ।

कमेन्टहरु
Loading...