विषाक्त खानाले म्यादीका २ को मृत्यू, २ को पोखरामा उपचार हुदै

पोखरा, २० जेठ/म्याग्दीमा विषाक्त खानाका कारण २ जनाको ज्यान गएको छ भने २ जना गम्भिर बिरामीको पोखरामा उपचार भइरहेको छ । मृत्यू हुनेमा म्याग्दी पात्लेखर्क घर भई मंगला गाउँपालिका वडा नम्बर ५ मा छिस्बाङस्थित माईत गएकी २० वर्षिया चिना पूर्जा र उनको एक वर्षिय छोराको मृत्यू भएको हो । गम्भिर बिरामी पर्नेमा चिनाका श्रीमान अन्दाजी २३ वर्षिय पबहादुर गुरुङ र फूपू भविकला पूर्जा रहेका छन् ।

उनीहरुको पोखरास्थित कास्की सेवा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि नाजुक रहेको अस्पतालले जानकारी दिएको छ । शुक्रबार विहानको खाना खाएपछि उनीहरु बिरामी भएका हुन् । भेण्टा र सिमीको तरकारीसँग ढिंडो र भात खाएका उनीहरु केही समयमै वान्ता गर्दै बेहोस् भएको र स्थानियले थाहा पाएर म्याग्दीको दरबाङ अस्पताल पु¥याएका थिए ।

त्यहाँ लगेलगत्तै चिकित्सकले बेनी लैजान सुझाएपछि उनीहरु बेनी अस्पताल पुगे । बेनी अस्पतालका चिकित्सकले चिनालाई मृत घोषणा ग¥यो भने अन्यलाई केही समयको उपचारपछि पोखरा रिफर ग¥यो बिरामीका आफन्त दिनेश पूर्जाले जानकारी दिए । छोराको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गण्डकी मेडिकल कलेज लगिएको एक वर्षिय वालकलाई भने अस्पतालले राती नै उपचारको क्रममा मृत घोषणा गरेको आफन्त दिनेशले बताए । बेहोस् रहेका उनीहरुको अवस्था ७२ घण्टासम्म केही भन्न नसकिने उपचारमा संलग्न चिकित्सक डा.सरोज पोखरेलले बताए । घटना भएको छेस्बाङ म्याग्दीको बेनीबाट गाडीमा २ घण्टाको दुरीमा रहेको छ ।

चिकित्सकले विषादीयुक्त खानाका कारण नै मृत्यू र विरामी भएको बताएका छन् । चिकित्सक डा.सरोज पोखरेलले जानेर होस् वा नजानेर विषादी प्रयोग भएको खाना खाएको र त्यसको असरले ज्यानसमेत गएको बताए ।

कमेन्टहरु
Loading...