पोखराको लेकसाइडमा द शो–केश (फेसन नाइट) हुने

पोखरा १८ जेठ /पर्यटकीय शहर पोखराको लेकसाइडमा द शो–केश ( फेसन नाइट) २०७४ को आयोजना हुने भएको छ । शुक्रबार सांझ लेकसाइडको होटेल स्वप्न बाग सेन्टरप्वाइन्टमा हुने फेसन नाइट मा पोखरा र काठमाण्डौका एक दर्जन वढी मोडलहरुले फेसन शो क्याट वाक गर्ने आयोजक शमिर कुमार सैजूले जानकारी दिए ।

फेसन नाइटमा ख्यातिप्राप्त मोडेलहरु सुस्मा कुंवर, सुस्मा लम्साल, सुस्मिता पुन, कृष्टिना पौडेल, रक्षा थापा, सुस्मिता श्रेष्ठ, सुमना बैदार, ओहानी श्रेष्ठ, रम्मी पुन, रोसनी विष्ट, सुप्रिया गुरुङ, अस्मिता घोताने, एलि थापा, पुनम गुरुङ लगायतले विभिन्न फेसनमा क्याट वाक गर्ने आयोजक सैजूले जानकारी दिए ।

उक्त फेसन क्याट वाकका मोडलहरुको फेसन डिजाइनर सुष्मा प्रधान र सिर्जना श्रेष्ठले गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...