कक्षा ११ को परीक्षा असार १ बाट सुरु हुने

काठमाडौ, १७ जेठ/कक्षा ११ को परीक्षा असार १ गतेबाट सुरु हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।

स्थानीय तह निर्वाचनका कारण पटक-पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

कमेन्टहरु
Loading...