पोखरा वडा नम्बर ८ का सचिबलाई मुक्का

पोखरा, १७ जेठ /पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ८ का सचिबलाई मुक्का प्रहार गरेका छन् । मंगलबार काम लिएर गएका सेवाग्राहीले ८ का सचिब दिपबहादुर कोइरालालाई कठालो समातेर मुक्का प्रहार गरेका हुन् ।

काम लिएर आएका उनको कागज नपुगेको भन्दै सचिबले फकाएका थिए । सचिबले फर्काए पछि पुर्व जिल्ला विकास समितिका कर्मचारी समेत रहेका सेवाग्राहीले प्रहार गरेको कर्मचारीले बताए ।

सिफारी गर्न नागरिकताको फोटो कपि आवश्यक थियो तर सेवाग्राहीले ल्याएको कागजातमा नागरिकताको फोटो कपि नभए पछि सचिबले ल्याउन भनेका थिए पोखरा लेखनाथ महानगर पालिकाका वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले बताए । बरालले सेवाग्राहीले सचिब सगँ माफमागे पछि छाडेको बताए । बुधबार नागरिकता लिएर आएपछि सिफारीस दिने अध्यक्ष बरालले बताए ।

कमेन्टहरु
Loading...