बैद्यले वार्ता टोली बनाएकोमा ३३ दलभित्र खटपट

२४ असार, काठमाडौं । नेकपा-माओवादीले वार्ता टोली घोषणा गरेपछि ३३ दलीय मोर्चामा आवद्ध किशोर विश्वासलगायत पाँच दलका नेताले असन्तुष्टी जनाएका छन् ।

किशोर विश्वासको नेतृत्वमा रहेको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले बैद्य माओवादीको निर्णय मान्य नहुने बताएको छ । ५ दल संलग्न मोर्चाको बैठकपछि विश्वासले अनलाइनखवरसँग भन्नुभयो-’बैद्य माओवादीको यो निर्णय हामीलाई मान्य छैन ।’ ३३ दलसँग छलफल नगरी बैद्य पक्ष एकलौटी निर्णय गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

यसअघि दुई सर्त पूरा गरे वार्तामा जान सकिने बैद्यको भनाईपछि ३३ दलीय मोर्चामा लफडा भएको थियो । पछि बैद्यले आत्मालोचना गर्दै ३३ दलीय मोर्चामा छलफल गरेर मात्र अघि बढ्ने बताएपछि विवाद मिलेको थियो ।

सोमबार माओवादीद्वारा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष वैद्यले सरकारले आफूहरु लगायत अन्दोलनरत दलहरुसाग पनि वार्ता गर्नुपर्ने बताउनुभएको छ । तर, वार्ता टोली भने ३३ दलका तर्फबाट गठन नगरी पार्टीको तर्फबाट मात्रै घोषणा गरिएको छ । वार्ता टोली गठनपछि माओवादी नेताहरुले यसबारे ३३ दलमा छलफल गर्ने बताएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/07/91299/#sthash.USYqbUHu.dpuf

कमेन्टहरु
Loading...