युवा उधमी अर्जुनले गरे बालबालिकालाई शैक्षिक सामग्री सहयोग

पोखरा , १५ जेठ/पोखरा लेखनाथ १ नयाँगल्लि घर भै हाल पोखरा तथा बेल्जियममा ब्यबसाय गदै आएका युवा उधमी अर्जुन बिश्बकर्मा (अर्जुन रत्न भिकारिले) सोमबार बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन ।

दुई बर्ष अघि आएको भुकम्पमा परि पिडित भएर हाल पोखरा उधोग बाणिज्य संघ बालश्रम न्युनिकरण कार्यक्रम अन्र्तगत रहेका ८ जना र बालश्रमीक ८ जना गरि १६ जनलाई १ बर्षका लागि आबश्यक शैक्षिक साग्री सगै डेस,जुत्ता , मोजा , झोला लगायत आबश्यक सामग्री प्रदान गरेका हुन ।

बेल्जियममा बिगत १० बर्षदेखी गामेन्ट सम्बन्धी ब्यबसाय गदै आएका अर्जुनले पोखराको चिप्लेढुगा स्थित पोखरा ट्रेडमलमा तेजस्वी गोल्ड एण्ड डायमण्ड ज्वेलरी संचालन गदै आएका छन । यसै गरि भुकम्प पिडीत काभे जिल्लाका तारा नगरकोटी र धादीङकी बविता सुनारलाई ११÷१२ कक्षा अध्ययनका लागि दुई बर्गाका लागि आबश्य शैक्षिक शुुल्क र शैक्षिक सामग्री गरि करिब ८० हजार बराबरको सहयोग समेत यस अघि अर्जुनले ति छात्रालाई प्रदान गरिसकेका छन ।

यस्का अलाबा भुकम्प गएसगै त्यसको केही समयपछी पोखरामा आश्रय लिन आएका धादीङ,गोर्खा , सिन्धुपलाञ्चोक लगायतका जिल्लाबाट आएका बाल बालीकाहरुलाई बाल श्रम न्युनिकरण कार्यक्रम अन्र्तगत १ लाख ५० हजार भन्दा उनले सहयोग गरेका पोखरा उधोग बाणिज्य संघ बालश्रम न्युनिकरण कार्यक्रमकी पौरबी तथा तालिम अधिकृत प्रिती पाण्डेले जानकारि दिईन ।

सहयोग दाता अर्जुनले मान्छेको सबैभन्दा ठुलो धन भनेको शिक्षा रहेको र आजका बालबालिका भोली देशका कर्णधार रहेकाले शैक्षिक सामगीका कारण शिक्षाबाट बन्चित हुन नपरोस भनि आफुले सानो सहयोग गरेको बताए ।

शैक्षिक स्रामगी बितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी कास्कीका जिल्ला शिक्षा अधिकारि नन्दलाल पौडेल , पोखरा उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष एंब बालश्रम न्युनिकरण कार्यक्रमका संयोजक रमेश कर्माचाय , संघका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजु , संघकी उपाध्यक्ष बिन्दु कोईराला सुबेदी , संघका उपमहासचिब अर्जुन पोख्रेल , सहयोग दाता अर्जुन एब बालश्रम न्युनिकरण कार्यक्रमकी पौरबी तथा तालिम अधिकृत प्रिती पाण्डेले लगयतले शैक्षिक सामग्री बितरण गरेका थिए ।

कमेन्टहरु
Loading...