डाक्टरको निजी धन्दा, सरकारीका डाक्टर तीनभन्दा बढी निजी अस्पतालका सञ्चालक

२४ असार, चितवन । चितवनमा नाम चलेका प्रायः चिकित्सक (डाक्टर) को दरबन्दी सरकारी अस्पतालमा छ, तर उनीहरु अधिकांश समय निजीमा भेटिन्छन् । उपचारमा संलग्न हुनुपर्ने एउटै चिकित्सक तीनवटाभन्दा बढी निजी अस्पतालको सञ्चालक समितिमा रहेर काम गर्दै आएका छन् ।

doctorसञ्चालक समितिका अध्यक्ष रहेका भक्तमान श्रेष्ठ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ सर्जन हुन् । तर उनी नारायणी सामुदायिक अस्पताल सञ्चालक समितिमा पनि अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनी क्यासरमा भन्दा नारायणी अस्पतालमा बढी व्यस्त हुने गरेको कान्तिपुर दैनिकमा खबर छ । अर्कोतर्फ अध्यक्ष बन्नकै लागि उनले क्यान्सर अस्पतालबाट काजबिदासमेत मिलाएका छन् ।

त्यतिमात्र होइन, प्रायः चिकित्सर्क सरकारी अस्पतालमा उपचार गनै आउने बिरामीलाई आफूले लगानी गरेको निजीमा आउन सुझाउँछन् । सरकारीमा सस्तोमा उपचार हुने भए पनि उनीहरु निजी असपतालमा बोलएर महँगोमा उपचार गराउने गरेका छन् ।

यस्तै भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन विजय पौडेल निजी चितिवन अस्प्तालका अध्यक्ष छन् । नियमतः सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरु निजीमा काम गर्न पाइँदैन । तर यहाँका चिकित्सकले गैरकानुनी रुपमा निजीमा गएर काम गर्दै आएका छन् ।

उनीहरुले यसरी निजी क्षेत्रमा बढी काम गरेपनि स्थानीय प्रशासनले भने केही गर्न सकेको छैन् । चिकित्सकहरु वरिष्ठ भएकाले कारबाही गर्न नसकिएको अस्पताल प्रशासनको दाबी छ । जिल्ला जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारले भने- ‘सबै डाक्टर हामीभन्दा सिनियर छन्, कारबाही गर्न सकिएन् ।’

कमेन्टहरु
Loading...