विपद् पुर्व तयारी सचेतना कार्यक्रम

पोखरा, असार २३ गते /सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराले जनप्रिय उच्च मा.वि. सिमलचौरबाट विपद्को पुर्व तयारी सम्बन्धी विद्यालय स्तरिय सचेतना अभियान संचालन गरेको छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिन्टारमा समादेशकको रुपमा रहेर विपद् सम्बन्धी विशिष्ट ज्ञान हाँसिल गर्नुभई हाल पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति रहनुभएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दुर्गा बहादुर कुँवरले जनप्रिय उच्च मा.वि. सिमलचौरको सभाहलमा एक कार्यक्रम मार्फत उक्त सचेतना अभियानको सुरुवात गर्नुभएको हो । उक्त सचेतना अभियान कार्यक्रम कास्की जिल्लाका विभिन्न सरकारी तथा निजी विद्यालयहरुका साथै आवश्यकता अनुसार विभिन्न समुदायहरुमा समेत प्रस्ुत गरिने लक्ष्य रहेको छ ।

कार्यक्रममा जनप्रिय उच्च मा.वि. सिमलचौरमा अध्यानरत करिब १५० जना विद्यार्थिहरुलाई विपद्को पुर्व तयारी सम्बन्धी ज्ञान दिलाईएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुँवरले मानविय क्षतिमा भुकम्पको कुनैपनि दोष नहुने उल्लेख गर्दै मानव निर्मित अव्यवस्थित भौतिक पुर्वाधारहरुनै प्रमुख कारण रहेको बताउनुभयो ।

जनप्रिय उच्च मा.वि.को सभाहलमा भएको उक्त कार्यक्रममा प्राकृतिक तथा मानव निर्मित प्रकोपहरुमा क्षति न्यूनिकरणका उपायहरु सम्बन्धी जानकारी दिनुका साथै कास्की जिल्ला सेती नदिमा आएको हिम पहिरो, सेती खोँचमा उद्धार, तालहरुमा भएका डुंगा दुर्घटना, राजमार्गहरुमा सवारी दुर्घटना साथै प्यारामोटर तथा प्याराग्लाईडिङ्ग दुर्घटनामा सशस्त्र प्रहरी बल कालिका गणले विगतमा गरेका उद्धारहरुको झलक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जनप्रिय उच्च मा.वि. का प्रिन्सिपल नारायण पराजुलिले भर्खरै कास्की जिल्लाबाट सरुवा भएर जान लाग्नुभएका सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शम्भु प्रसाद उप्रेतीलाई खादा ओढाई मायाँको चिनो प्रदान गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...