तीन दिने महिला कानुन सम्बन्धि तालिम

पोखरा २३, असार/महिला शसक्तीकरण व्यावस्थापन समुह पोखरा १५ को आयोजनामा पोखरामा संचालन भएको तीन दिने महिला कानुन तथा वोल्ने कला सम्बन्धि तालिम आईतबार सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष मिना गुरुङले महिलाहरुको हरेक क्षेत्रमा ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै गुरुङले महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा यस्ता तालिम आवश्वक भएको बताउदै तालीममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।

२१ औं शताब्दीको आवश्यकता हरेक ठाँउमा महिलाको ३३ प्रतिशत सहभागिता भन्ने मुल नाराका साथ आयोजना भएको तालिममा वडा नम्वर १५ का ५० जना महिलाहरुको सहभागिता रहेको थियो । समुहका अध्यक्ष माया केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा समन्वय समिति नम्वर १५ का अध्यक्ष प्रकाश पौडेल, सचिव अम्बिका पराजुली, प्रशिक्षार्थी अनिता राई लगायतले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...