पोखरा २८ मा एमालेका निर्मल सुनार सहित प्यानल विजयी#LocalPolls2017 #Pokhara

पोखरा ११ जेठ / पोखरा लेखनाथ महानगरपालिका वडानम्बर २८ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमाले उम्मेदवार निर्मल सुनार १५२५ मत सहित निर्वाचित भए ।

उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका विकाश लामा गुरुङले १४४८ मत प्राप्त गरे । त्यस्तै खुल्ला सदस्यमा एमालेकै बिष्णु प्रसाद तिवारी र वैन बहादुर क्षेत्री निर्वाचित भएका छन् ।

महिला सदस्यमा अम्बिका बुढाथोकी र दलित महिला सदस्यमा कल्पना परियार निर्वाचित भइन् ।

कमेन्टहरु
Loading...