चित्रकला प्रदर्शनी सुरु

पोखरा, २३ असार/पोखरामा आजदेखि प्रकृतिका रङ्गहरु चित्रकला प्रदर्शनी सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा पोखराको पि एस एम आर्ट ग्यालरी महेन्द्रपुलमा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

प्रदर्शनीमा राष्ट्रिय प्रकृति संरक्षण क्षेत्र आयोजनाको संरक्षण चित्रकला यात्रा २०७० मा सिर्जित १४ जना कलाकारका चित्रहरु राखिएका छन् ।

प्रदर्शनीमा कलाकार दुर्गा बराल वात्स्यान, गोपाल श्रेष्ठ, रमेश श्रेष्ठ, सूर्य बराईली, पदम घले लगायतका कलाकारले बनाएका चित्रहरु राखिएका कार्यक्रम संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...