लागुपदार्थ प्रयोग तथा ओसार पसार साझा समस्या

पोखरा, २३ असार/लागुपदार्थ प्रयोग तथा ओसार पसार साझा समस्या भएकाले यसको समाधानको लागि जनचेतना जगाउनु पर्ने आज पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले वताएका छन् । नौलो घुम्ती नेपालले आयोजना गरेको सरोकारवाला व्यक्ति तथा संघसंस्था बिचको अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताएका हुन् ।

उनिहरुरुले सरकारी तथा गैर सरकारी संस्था वीच नेपालमा चुनौतीको रुपमा देखा परेको लागुपदार्थको सेवन तथा कारोवार नियत्रण गर्न सबै पक्षको प्रयासमा चेतना जगाउनु पर्ने बताए । विशेष गरि लागू पदार्थ दुव्र्यसनीमा दश जोड दुईमा पढ्ने विद्यार्थीहरुनै फस्ने गरेको वताउदै स्कूल स्तरमा नै जनचेतान जगाउनु पर्ने उनिहरुको भनाई थियो ।

कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरिक्षक यज्ञविनोद पोख्रेलले लागू पदार्थ दुव्र्यसनीको संख्या न्यूनिकरण गर्नका लागि आफूहरु सधै सहकार्य गरेर अगाडि वढ्ने वताए । नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक रामप्रसाद ज्ञावालीले लागूपदार्थको कारेवार तथा सेवन रोकथाम गर्न पुनस्थापना केन्द्र, प्रहरी प्रशासन र संचारकर्मीहरुको भूमिका अझै प्रभावकारी हुनुपर्ने जोड दिए ।

यस्तै सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठले सबै पक्षको प्रयासले मात्र लागूपदार्थको कारोवार कम गर्न सकिने वताए । एड्स रोग नियन्त्रण संघका कास्कीका अध्यक्ष विश्वमोहोन गौचनले एच आई भि÷एड्स र लागुपदार्थको नियन्त्रण गर्न विद्यालय तहमा नै चेतना फैलाउन आवश्यक रहेको वताए ।

कमेन्टहरु
Loading...