महतगौँडामा रोेटरीको छात्रावृत्ति

पोखरा, २३ असार/पोखरा १७ महतगौँडामा रोटरी क्लव अफ पोखरा फिस्टेलले जानकि नि.मा.वि.मा अध्यानरत २ जना बालिकाहरुलाई छात्रावृत्ति प्रदान गरेको छ । छात्रावृत्ति वितरण कार्यक्रममा क्लबका पास्ट पे्रसिडेन्ट राजु पौडेलले बच्चाहरुको पढाई निरन्तर राम्रो हुँदै गएमा आगामी वर्ष पनि सोहि बच्चाहरुले नै निरन्तरता पाउने बताए ।

क्लबका प्रेसिडेन्ट इलेक्टेड रमाकान्त बरालले यो छात्रावृत्ति फन्डको नाम अन्नपूर्ण फन्ड रहेको जुन रोटरी क्लब अफ हाई रिभर क्यानडा र रोटरी क्लब अफ पोखरा फिस्टेलको संयुक्त प्रयासमा स्थापना गरिएको र जसले यि २ विद्यार्थी सहित ३२ जना बालबालिकालाई र फिस्टेल फन्ड मार्फत ५० जना बालबालिकालाई छात्रावृत्ति प्रदान गर्ने गरेको बताए ।

क्लबका अध्यक्ष नारयण प्रसाद शर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कक्षा ७ मा अध्यानरत मोनिका तमाङ्ग र कक्षा ८ मा अध्यानरत लक्ष्मि बरालको नाममा नगद छ छ हजार रुपैया दरले स्कुलका सहप्रधयनध्यापक रघुनाथ शर्मालाई चेक हस्तान्तरण गरिएको थियो ।

कमेन्टहरु
Loading...