पोखरा लेखनाथ​ १७, १८, १९ र २० मा एमालेको प्यानल नै विजयी

पोखरा, ९ जेठ/पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७, १८, १९, र २० मा एमालेको प्यानल नै विजयी भएको   छ ।मंगलबार​ सम्पन्न मत गणना अनुसार​ पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर १७ मा एमालेका उमेद्वार तीर्थराज अधिकारी वडा अध्यक्षमा विजयी भएका छन् ।उनले नेपाली काग्रेसका पुण्डरी प्रसाद बराललाई पराजित गरेका हुन् ।एमालेका अधिकारीले ३ हजार ४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका बरालले १ हजार ७ सय ८३ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा एमाले कै बैकुण्ठ भण्डारी, शान्तादेवी गुरुङ, महिला सदस्यमा राधीका कुमारी शाही र दलित महिला सदस्यमा तारा परियार विजयी भएका छन् ।

यस्तै, पोखरा लेखनाथ​ महानगर पालिकाको वडा नम्बर १८ मा पनि नेकपा एमालेका उमेद्वार रणबहादुर थापा सहित प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका उमेद्वार रणबहादुर थापाले १ हजार ६ सय ७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उमेद्वार भरत थापाले ९ सय ७१ मत मात्रै पाएका थिए ।एमालेका तर्फबाट महिला सदस्यमा भोजकुमारी थापा, दलित महिला सदस्यमा सरला नेपाली, खुल्ला सदस्यमा हरी लम्साल र ज्ञान बहादुर थापाले जित हासिल गरेका छन् ।

यसैगरी, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ मा पनि एमालेका उम्मेदवार शोभा मोहन पौडेल सहितको प्यानल बिजयी भएको छ ।पौडेलले निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेदवार पुष्पेन्द्र पाण्डेलाई ५ सय २३ मतले पराजित गरेका छन्। पौडेलले २ हजार ४ सय ८३ मत प्राप्त गर्दा पाण्डेले जम्मा १ हजार ९ सय ६० मत पाएका थिए । महिला सदस्यमा कोपिला केसी र दलित महिला सदस्यमा तारा नेपाली विजयी भएका छन् ।खुल्ला सदस्यमा एमालेका कोमल प्रसाद शर्मा बास्तोला र कृष्ण प्रसाद गौतम निर्वाचित भएका छन् ।

यस्तै,पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० मा पनि एमालेका उमेद्वार सिम गुरुङ सहितको प्यानल विजयी भएको छ ।गुरुङले १ हजार २ सय २३ मत सहित जित हात पारेका हुन् ।उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्र अधिकारीले ६ सय ३१ मत प्राप्त गरे । गुरुङले अधिकारीलाई ५ सय ९२ मत अन्तरले पराजित गरेका हुन् ।

महिला सदस्यमा एमालेकी लक्ष्मीदेवी सुवेदी निर्वाचित भइन् भने दलित महिला सदस्यमा अन्बुजा विक, खुल्ला सदस्यमा एमालेका भिम प्रसाद वास्तोला  र मोती प्रसाद पौडेल विजयी भए । यो सगै पोखरा लेखनाथ महानगरपालीकाका २० वटा वडाको अन्तिम नतिजा प्राप्त भ​एको छ । जसमा एमाले १२ वटा वडामा बिजय भ​एको छ भने काङ्ग्रेस ८ वटा वडामा बिजय भ​एको छ । मेयर र उपमेयर पदमा भने एमालेको अग्रता कायमै रहेको छ ।

कमेन्टहरु
Loading...