पहिलो चरणको निर्बाचनमा एमाले शीर्ष स्थानमा, दोस्रोमा काङ्ग्रेस​

पोखरा, ९ जेठ/पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेकपा एमाले शीर्ष स्थानमा रहन सफल भएको छ ।मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमाले बीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिम तिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पष्ट भएको हो ।अहिलेसम्म घोषित २ सय ७४ स्थानको मत परिणाम अनुसार नेकपा एमालेले १ सय १८ स्थानमा जित हासिल गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले १ सय ३ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जित दर्ता गरेको छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक-एक स्थानमा जीत हात पारेका छन । त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।

परिणाम अनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४५ स्थान र गाउँपालिकाको प्रमुखमा ७३ स्थान जितेको छ ।नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७४ स्थान जितेको छ ।माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।

कमेन्टहरु
Loading...