कुन्मिङमा पोखरेली टोली क्रस कन्ट्रि दौडमा सहभागी

पोखरा, २३ असार/कुन्मिङमा शनिबारदेखि शुरु भएको छैटौं रेडबुल माउण्टेन क्रसिङ च्यालेञ्ज २०१३ मा पोखरेली टोलीले पनि सहभागिता जनाएको छ । प्रतियोगितामा पोखराका तर्फबाट टीकाराम सापकोटा, विप्लव पौडेल, भरतराज शर्मा र वैभव पौडेलले सहभागिता जनाउनुभएको हो ।

कुनमिङ पर्वतीय संघद्वारा आयोजित २४ घण्टाभित्रमा पूरा गर्नुपर्ने यो क्रस कन्ट्रि दौडमा पोखरा, भियतनाम सहित २२ समूहको सहभागिता रहेको कुनमिङ भगिनी सम्बन्ध विस्तार विभागकी उपनिर्देशक मिस जुलियाले जानकारी दिनुभयो ।

प्रतियोगिताको चिनियाँ जनराष्ट्रिय परामर्श दातृसभा कुन्मिङका अध्यक्ष टियन जियाङले उद्घाटन गर्नुभयो । कुनमिङमा पर्वतीय गतिविधि बढाउन प्रत्येक वर्ष यस कार्यक्रमको आयोजना गरिएको कुनमिङ पर्वतीय संघका निर्देशक मि. स्याले बताउनुभयो ।

कुनमिङसँग भगिनी सम्बन्ध स्थापना गर्न आएकाले यस प्रतियोगितालाई अन्र्तराष्ट्रिय बनाउन र दुईपक्षीय सम्बन्ध विस्तार गर्न प्रतियोगितामा भाग लिएको नेपाल चीन जनमैत्री संघ, पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । प्रतियोगिताको समापन समारोह आईतबार अपरान्ह हुने आयोजक पर्वतारोहण संघले जनाएको छ ।

 

 

कमेन्टहरु
Loading...