पोखरामा रोकिएको मतगणना दलको सहमती विनै गणना गर्ने तयारी #LocalPolls2017 #Pokhara

पोखरा ७ जेठ /पोखरामा शनिवार देखि रोकिएको मतगणना कार्य सुरु भएको छ । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको रोकिएको मतगणना अघि बढाउन निर्देशन दिए पछि दलहरुको सगँको छलफल पछि मतगणना कार्य सुरु भएको हो ।

पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि शनिवार दिऊसो देखि मतगणना रोकिएको थियो । बैठक बसे पनि काग्रेस लगाएत दलहरु मान्न तयार नभए पछि सहमती विनै आयोगले गणना गर्ने तयारी थालेको छ ।

आइतबार बसेको सर्वदलिय बैठकले निर्वाचन आयोगलाई पत्र लेखेर पठाएको थियो भने त्यसको जवाफ आयोगले पठाएको हो । आयोगले ठुलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्दै भन्दै पुनः सुरु गर्न निर्देशन दिएको हो ।

‘स्थानीय तहको निर्वाचनका लागि आयोगले पठाएको मतपत्र र निर्वाचन अधिकृतको हस्ताक्षर हुवहु भएको पाइएको र स्वस्तीक छाँप ठूलो भएकै आधारमा मतगणना रोक्न मिल्दैन तसर्थ सो मतपत्र सदर गरी मतगणना कार्य पुनः सुचारु गर्न निर्देशन गरिन्छ ।’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

कमेन्टहरु
Loading...