मतगणना सुरु गर्न माग गर्दै नदिपुरमा नाराबाजी

पोखरा ७ जेठ /शनिवार दिऊसो देखि स्थगित पोखरा लेखनाथ महानगरको मतगणना सुरु गर्न माग गर्दै मतगणना स्थलमा एमाले समर्थकले नाराबाजी गरेका छन् । स्थगित मतगणना छिटो सुरु गर्नुपर्ने माग गर्दै मतगणना स्थल पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्र परिसर वाहिर नाराबाजी गरिएको हो ।

यसैविच मतगणनामा निर्वाचन अधिकृतको कमजोरी देखिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १ सय ३३ को उपदफा २ ले ब्यवस्था गरे अनुसार अधिकृतले काम गर्न सकेका छैनन् । निर्देशिकामा मतगणना समाप्त हुनु भन्दा पहिले नै स्थगित गर्नुपर्ने भएमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्र, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्र र मतगणना गर्न बाँकी रहेका मतपेटिकाको लगत समेत अलग अलग खाम, थैलो, वा बोरामा बन्द गरी आफ्नो लाहछाप लगानुपर्नेछ । र बन्द खाममा उम्मेदवार वा निजको निर्वान प्रतिनिधी वा मतगणना प्रतिनिधीले समेत आफ्नो लाहाछाप लगाउन सक्नेछन् ।

तर मतगणना स्थगीत भएपछि कास्कीका मुख्य निर्वाचन अधिकृतले निर्देशिकामा ब्यवस्था भएअनुसार कार्यान्वयन नगरेको पाईएको हो । स्थगीत भएपनि पोखराको मतगणना स्थलमा मतपत्र छरपष्ट अवस्थामा छन् । पोखरामा फर्जी मत खसेको आरोप लगाउँदै शनिबार देखि रोकिएको मतगणनाका बिषयमा छलफल गर्न बसेको सर्बपक्षीय बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । आईतबार विहान २ घण्टासम्म बसेको बैठकले विवाद समाधानका लागि निर्वाचन आयोगलाई आग्रह गरेको छ । सम्बन्धित दलसहितको बैठकले निर्देशनात्मक आदेशका लागि पत्र लेखेर पठाएको छ ।

‘हामीले आयोगको केन्द्रिय कार्यालयलाई पत्र लेखेका छौं । आयोगबाट निर्देशन आएपछि पुनः छलफल गर्छौं, मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले भने–दलहरुको सहमति कुरिरहेका छौं । आयोगको निर्देशनले प्रक्रिया अगाडी बढ्छ ।’

कमेन्टहरु
Loading...