रुपाका नव निर्वाचीत जनप्रतिनिधिलाई सपथ ग्रहण#NepalVotes #Pokhara

पोखरा,५ बैशाख । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुपा गाउँपालिकाबाट निर्वाचीत जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । रुपा गाउँपालिकाको कार्यालय भिरचोकमा आयोजित कार्यक्रममा निर्वाचन अधिकृत लेखनाथ शर्माले नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई सपथ ग्रहण गराउनु भयो ।

त्यस्तै गाउँपालिकाका प्रमुख नवराज ओझाले नवनिर्वाचीत सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो । कार्यक्रममा निर्वाचन अधिकृत लेखनाथ शर्माले निर्वाचनलाई सफल बनाउन सम्पूर्ण राजनैतिक दलकोतर्पmबाट महत्वपूर्ण सहयोग प्राप्त भएको बताउँदै नवनिर्वाचत पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले निर्वाचन पश्चात पहिलो पटक स्थानीय अधिकार सम्पन्न भएको बताउँदै नवनिर्वाचीत जनप्रतिनिधिहरु जनता र मुलुकप्रति जिम्मेवार बन्नु पर्ने उल्लेख गर्नुभयो । गाउँपालिकाका प्रमुख नवराज ओझाले निर्वाचनका सन्दर्भमा घरदैलो गर्दा आफुले स्थानीय आवश्कता बारे सुझावहरु संकलन गरेको र उक्त समयमा घोषणा पत्रमा उल्लेख गरिएका विषयहरु कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख लाल सुब्बा गुरुङले महिला सशक्तिकरण र उनीहरुका हक हितलाई स्थापीत गर्नुका साथै गाउँपालिकाको समग्र विकास आप्mनो प्राथमिकतामा रहने बताउनु भयो । सात वटा वडामा अवस्थित रुपा गाउँपालिकामा कूल ११ हजार ३१५ मतदाता रहेकोमा आठ हजार २६० जनाले मतदान गरेका थिए ।

कमेन्टहरु
Loading...