उग्रतारा स्मृति पत्रकारीता पुरस्कार पर्वतका भोलानाथ शर्मालाई

पोखरा, २२ असार/पोखरा एक्सप्रेस पाक्षिक खबर पत्रिकाका संस्थापक प्रकाशक एवं प्रधान सम्पादक बालकृष्ण उग्रताराको स्मृतिमा परिवारजनद्धारा स्थापित बालकुष्ण उग्रतारा स्मृति पत्रकारीता पुरस्काराबाट पर्वतका पत्रकार भोलानाथ शर्मालाई प्रदान गरीने भएको छ ।

अग्रज पत्रकार कुशुम केशव पराजुली संयोजक रहेको ५ सदस्यिय प्रतिभा छनोट समितिले शर्मालाई पुरस्कार प्रदान गर्न सिफारी गरे पछि उनलाई पुरस्कार दिन लागीएको हो । १ लाख १ हजार एक सय एघार अक्षयकोष भएको पुरस्कारको राशि १० हजार एक सय १ , दोसल्ला र ताम्रपत्र रहेको छ ।

पुरस्कार प्रत्येक वर्ष पश्चिमाञ्चलमा क्रियाशिल कम्तिमा १५ वर्ष पत्रकारीता गरेको पत्रकारलाई उग्रताराको स्मृति श्रावण २० प्रदान गर्ने गरीन्छ । यस अघि सो पुरस्कारबाट पाल्पाका प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा र कास्कीका अग्रज पत्रकार कुशुम केशव पराजुली सम्मानित भइसकेका छन् । सम्मानित हुने शर्मा पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष हुन् भने विगत १५ वर्ष देखि पत्रकारीतामा क्रियाशिल छन् । राजनीतीशास्त्रमा स्नातकोत्तर गरेका शर्मा हाल पर्वतबाट प्रकाशित हुने न्यु कालिगण्डकी दैनिकका प्रधान सम्पादक हुन् ।

कमेन्टहरु
Loading...