पोखरा १५ मा प्रकास पौडेल सहित एमालको प्यानल विजयी, कस्को कति मत सहित#NepalVotes #Pokhara

पोखरा ६ जेठ / पोखरा लेखनाथ महानगरको वडानम्बर १५ मा नेकपा एमालेका उमेद्वार प्रकास पौडेल सहित प्यानल सहित विजयी भएको छ । उनी १९४४ मत सहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका टोप बहादुर थापाले १५४७ मत प्राप्त गरे । शनिवार विहान सम्पन्न मतगणनाको नतिजा अनुसार महिला सदस्यमा एमालेकै पार्वती कार्की थापा २१४८ मत सहित निर्वाचित भइन् ।

दलित महिला सदस्यमा मन्दिरा परियार निर्वाचित भइन् । उनले १९४९ मत प्राप्त गरेकी छिन् । खुल्ला दुई सदस्यमा तोरण बहादुर बानियाँमा र रुक बहादुर गुरुङ विजयी भए । बानियाँले २०९९ मत प्राप्त गर्दा गुरुङले १८३७ मत सहितको जित हात पारे ।

जसमा एमालेले पाँच वटा वडामा प्यानल सहितको जित हात पारेको छ । यसअघि १, ५, ७ र १३ नम्बरको वडामा एमाले प्यानल सहित विजयी भएको थियो ।

पोखरा लेखनाथ महानगरपालिका वडा न १५
मतगणना संख्या 4995
चिन्ह/पद प्रमुख उपप्रमुख वडाअध्यक्ष महिला
सदस्य
दलित महिला
सदस्य
खुला
सदस्य १
खुला
सदस्य २
रुख १७४३ १६४० १४४७ १४४२ १५२१ १५६० १३५१
सूर्य २०५२ २०३८ १९४४ २१४८ १९४९ २०९९ १८३७
गोलाकारभित्र हँसिया र हथौंडा १९४ ४२४ ६३२ ४१९ ४३२ ५३३ ५१०
गाई ३६३ ३५८ ५६८ ५२१ ४९९ ४३७ ३९३
हातले समातेको मसाल १७६ ७४ ७३ ७२ ९१ ८७ ९३
हँसिया र तारा १२ १० १५ १२ ११ १९ १८
गिलास १५ २१ १५ ११ २९ १०
हँसिया
साँचो
ध्वजा १२ १२
चमेरो
आँखी झ्याल
क्यामेरा १०
सेलरोटीको चाङ
स्टकोट
बिरालो १०
भित्ते घडी ५२
केटाकेटी
पानीको बोत्तल
बाकस
सावेल
कमेन्टहरु
Loading...