पोखरा, २२ असार/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरामा सञ्चालित अन्तरजिल्ला क्षेत्रीयस्तरको टेबलटेनिस प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बन्न सफल भएको छ । जम्मा पाँच स्वर्णका लागि खेलाइएको प्रतियोगितामा तीन स्वर्ण, चार रजत पदक प्राप्त गर्दै कास्की च्यामिपयन बन्न सफल भएको हो ।
दुई स्वर्ण एक रजत र एक काँस्यपदक प्राप्त गरेको रूपन्देही दोस्रो भयो भने चार काँस्यपदक जितेको पाल्पा तेस्रो भयो । च्याम्पियन बनेको कास्कीले मेन्स सिड्डल, मेन्स डबल्स र मिक्स डबल्सतर्फ स्वर्ण जितेको हो भने दोस्रो भएको रूपन्देहीले लेडिज सिड्डल र डबल्समा स्वर्ण जितेको हो । बेस्ट अफ सेभेनका आधारमा खेलाइएको मेन्स सिड्डलतर्फको फाइनलमा कास्कीका रजन सुब्बालाई ४–३ सेटमा पराजित गर्दै कास्कीका निहाल श्रेष्ठले स्वणपदक चुमे । सो इभेन्टमा रूपन्देहीका रमेश न्यौपाने र रूपन्देहीका राजनसिंह ठकुरी तेस्रो भए ।
मेन्स डबल्सतर्फको फाइनलमा कास्कीका रजन सुब्बा र निहाल श्रेष्ठको जोडीले रूपन्देहीका राजनसिंह ठकुरी र रमेश न्यौपानेको जोडीलाई ४–१ को सेटमा पराजित गर्दै स्वर्णपदक हात पा¥यो । सो इभेन्टमा पाल्पाका अमर शाह र महेश खनालको जोडी तथा कपिलवस्तुका सुनिल श्रेष्ठ र आकाश आलेको जोडी तेस्रो भयो । मिक्स डबल्सतर्फको फाइनलमा कास्कीको रजन सुब्बा र तृष्णा महर्जनको जोडीले कास्कीका निहाल श्रेष्ठ र निकिता खोजुको जोडीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्णपदक प्राप्त ग¥यो । सो इभेन्टमा रूपन्देहीका राजनसिंह ठकुरी र सुकृति श्रेष्ठको जोडी तथा पाल्पाका महेश खनाल र सुजाता पन्थीको जोडी तेस्रो भयो ।
लेडिज सिड्डलतर्फको फाइनलमा पाल्पाका सुजाता पन्थीलाई सोझो तीन सेटमा पराजित गर्दै रूपन्देहीका सुकृति श्रेष्ठले कास्कीका निकिता खोजुलाई सोझो चार सेटमा पराजित गर्दै स्वर्णपदक हात पारिन्। सो इभे कास्कीका तृष्णा महर्जन र रूपन्देहीका गीता अर्याल तेस्रो भए । लेडिज डबल्सतर्फको फाइनलमा रूपन्देहीको सुकृति श्रेष्ठ र गीता अर्यालको जोडीले कास्कीका निकिता खोजु र तृष्णा महर्जनको जोडीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्णपदक हात पा¥यो। सो इभेन्टमा पाल्पाका सुजाता पन्थी र पूजा रानाको जोडी तथा नवलपरासी कुशुम थापा र मनिषा कुँवरको जोडी तेस्रो भयो ।
प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई निवर्तमान सभासद् राजकाजी गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, बागलुङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राई लगाएतले मेडल, प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा १० जिल्लाका १६ महिलासहित ३६ जना खेलाडीको सहभागिता रहेको थियो ।