७३ यूनिट रगत संकलन

पोखरा, २२ असार/धादिङ पोखरा सम्पर्क समितिले आज पोखराको सभागृहचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ यूनिट रगत संकलन भएको छ । बढ्दो रगत अभावलाई ध्यानमा राखेर समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको जिल्ल रेडक्रस सोसाइटीका सभापति रामप्रसाद ज्ञवालीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष बलराम खतिवडा, अन्तर समाज महासंघ अध्यक्ष नीलकण्ठ शर्मा, एस.पी केदार रिजाल, स्वतन्त्र प्रत्रकार महासंघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, कार्यक्रम संयोजक वीरबहादुर थापा लगायतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए । कार्यक्रम धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...