पोखरा महानगरमा २२ सय मतगणना हुदा एमालेको अग्रता कायमै #NepalVotes #Pokhara

पोखरा, २ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता कायमै छ ।

२२ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ९ सय ९१ र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ७ सय ४९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ९ सय ७६ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ७ सय ६७ मत पाएकी छिन् ।

वडाध्यक्षमा एमालेका लागि १ हजार २९ र काँग्रेसका लागि ७ सय २२ मत परेको छ । निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।

कमेन्टहरु
Loading...