रूपा गाउँपालिकामा काँग्रेसको अग्रता #NepalVotes 

पोखरा, १ जेठ । कास्कीको रूपा गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ । ५ सय मत गणना हुँदा काँग्रेसका अध्यक्षका उम्मेदवार प्रकाशमोहन खनालले २८९ मत पाएका छन् । एमालेका अध्यक्षका उम्मेदवार नबराज ओझाले १६९ मत पाएका छन् । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार निर्मला सुवेदीले २२ मत पाएकी छन् ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसका गीमाया गुरूङले २६१, एमालेका लालसुवा गुरूङले १६७ र माओवादी केन्द्रका पुस्पराज खनालले ४२ मत पाएका छन् ।

कमेन्टहरु
Loading...