कास्की कांग्रेसे कार्य सम्पादन समितिको बैठक सम्पन्न

पोखरा २२ असार /नेपाली कांग्रेस कास्कीको कार्य सम्पादन समितिको बैठक शनिबार सम्पन्न भएको छ । 

पार्टी सभापति यज्ञ बहादुर थापाको अध्यक्षतामा भएको बैठकले नेपालको प्रजातान्त्रीक आन्दोलनका शिखर पुरुष तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री स्वर्गिया विश्वेश्वार प्रसाद कोइरालाको ३२ औँ स्मृति दिवसको अवसरमा साउन ६ गते वृक्षरोपण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकले केएमसी अस्पतालमा उपचारार्था रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपाल पहारीको स्वस्थ्यलाभको कामना, पल्सर लोकप्रिया खेलाडि हुन सफल पोखरेली चेली झरना गुरुङलाई बधाई, नेपाली कांग्रेस गण्डकी अञ्चल समन्वय समितिको पहिलो बैठक कास्कीमा बस्ने भएकाले यसलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने, लगायतका निर्णय गरेको कास्की कांग्रेसका सचिव युवराज कुँवारले जानकारी दिनुभयो ।
असार २८ गते गण्डकी अञ्चल स्तरिय बैठकको नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, र संगठन विभाग प्रमुख अनन्द प्रसाद ढुंगाना लगायतको उपास्थिति रहने जनाएको छ ।

कमेन्टहरु
Loading...